अपनाउँ माटो परिक्षण गर्ने तरिका, लिन फाइदा अनेक थरिका !

कृषि पोष्ट संवाददाता

काठमाडौं ।

पृथ्वीको छाला मानिने माटो- हावा २५ प्रतिशत , पानी २५ प्रतिशत , खनिज पदार्थ ४५ प्रतिशत र प्रांगारिक पदार्थ ५ प्रतिशत मिलेर बनेको हुन्छ जुन पानीको भण्डार पनि हो र सम्पूर्ण वनस्पति, तथा जिवहरुको वासस्थान पनि हो | माटोको रसायनिक तत्वमा माटोको पि.एच र माटोमा भएका खनिज पदार्थ पर्छन् , माटोको भौतिक तत्वमा माटोको बनोट, घनत्व, छिद्रता, रङ्ग, पानी धारण गर्ने क्षमता, माटोको गहिराई, ताप आदि पर्दछन र माटोको जैविक तत्वमा प्रांगारिक पदार्थको मात्रा र जिबाणुको संख्या पर्दछन ।

माटो परिक्षण किन गर्ने ?
माटो परिक्षणबाट हजुरको माटोमा के तत्व बढी छ, के तत्व कमि छ भन्ने कुराको जानकारी पाउन सक्नुहुन्छ । माटोमा कुनै तत्वको कमिले ल्याउने क्षति न्यूनीकरण गर्न सक्नुहुन्छ । माटो परिक्षणबाट हजुरको माटोमा उपलब्ध भएका सम्पूर्ण खनिज पदार्थको बारेमा जानकारी पाउनुहुन्छ, हजुरको माटोमा हाल्नुपर्ने मलको मात्र थाहापाउन सक्नुहुन्छ, जसले गर्दा अनावश्यक मल किन्दा लाग्ने खर्च जोगिन्छ । माटो परिक्षणले भू:क्षयबाट पनि जोगाउन मद्दत गर्छ ।

माटो परिक्षणले स्वस्थ माटो बनाउन मद्दत गर्छ र स्वस्थ माटोबाट गुणस्तरीय उत्पादनमा र उत्पादन बढाउन मद्दत गर्छ । माटो परिक्षणको लागि नमुना संकलन गर्न चाहिने सामाग्री के के हुन् ? नमुना लिने खुर्पी वा अगर अथवा कुटो/ कोदालो नमुना सङ्कलन गर्ने झोला वा बाल्टिन नमुना फिँजाउने कागज वा नाङ्ग्लो मार्कर / पेन

माटोको नमुना सङ्कलन कसरी गर्ने ?
माटो सङ्कलनबाट आएको माटोलाई कुनै सफा ठाउँमा फिँजाउने र पात पतिङ्गर, झारहरु हटाउने, माटोको डल्लो फुटाउने , ढुँगाहरु हटाउने गर्नुपर्छ सङ्कलन गरेको माटोबाट ४ भाग छुट्टाउने, २ भाग फालिदिने र दुईभाग पुन: मिसाउने गर्नुपर्छ मिसाएको दुईभागलाई पनि ४ भाग लगाएर २ भाग फालिदिने र दुई भाग मिसाउने गर्नुपर्छ यसरी निकालेको नमुनालाई सफा झोलामा हालेर उचित विवरण राखेर परिक्षणको लागि लानुपर्छ

माटो परिक्षण के के को गरिन्छ ?
माटोको पि. एच (माटोको अम्लियपाना, क्षारियपना) माटोको खाद्यतत्वको अवस्था ( नाईट्रोजन, फस्फोरस, पोटास, प्रांगारिक पदार्थ ) माटोको सुष्म तत्वहरु ( जिङ्क , कपर , आइरन, बोरन )

रासायनिक गुण को व्यवस्थापन
माटोको पि. एच : नेपालको लगभग ७०% माटो अम्लिय छ। पि. एच ६.५ देखि ७.५ भएको माटो खेतिको लागि उत्तम हुन्छ। पि.एच ६.0 भन्दा कमको माटोलाई अम्लिय भनिन्छ भने ८.0 भन्दा बढी भएकोलाई क्षारीय भनिन्छ। धेरै अम्लिय र धेरै क्षारिय दुवै माटो राम्रो मानिंदैन।माटोको अम्लियपनालाई सुधार गर्न कृषि चुन प्रयोग गरिन्छ भने क्षारिय माटोलाई सुधार गर्न जिपसम अथवा हरियो मल प्रयोग गर्न सकिन्छ। खाद्यतत्वको उपलब्धता : कार्बोन , हाइड्रोजन , अक्सिजन बायक बोटबिरुवालाई चाहिने अन्य १३ खाद्यतत्वहरु उपलब्ध गराउन उचित मात्रामा प्रांगारिक मल र जैविक मल दिनुपर्छ ।

जैविक गुण व्यवस्थापन
माटोमा हुने सुष्म जिबाणुहरुले, प्रांगारिक पदार्थको बिघटन, नाईट्रोजन स्थिरीकारण र खाद्यतत्वको उपलब्धता बढाउने काम गर्छ । जैविक गुण बेबस्थापन गर्न प्रांगारिक र जैविक मल हाल्नुपर्छ भने बाली चक्र, खनजोत र सरसफाईमा समेत ध्यान पुर्याउनु पर्छ ।

भौतिक गुण व्यवस्थापन
माटोको खनजोत, सिँचाई तथा उचित निकास बाली चक्रको अबलम्बन माटो निर्मलिकरन ( उचित तापक्रम कायम गर्न पारदर्शी प्लास्टिकले छोप्ने)
प्रांगारिक पदार्थको उचित प्रयोग गर्नुपर्छ माटोको चिस्यानको उचित बेबस्थापन गर्न र झारपात नियन्त्रण गर्न माटोमा छापो हाल्ने डि.भी एक्सेलसले के गर्छ
डि. भी एक्सेलस प्रा. लि. ले माटो परिक्षणको व्यवस्था गर्छ । तपाईहरु माथि उल्लेख गरेको तरिकाबाट माटोको नमुना सङ्कलन गरेर डि. भी एक्सेलस कार्यालय कुपन्डोलमा ल्याएर माटो परिक्षण गर्न सक्नुहुन्छ । यदि तपाईको गाउँघर वरिपरी २०० जना भन्दा बढी कृषक हुनुहुन्छ भने हामी तपाईको घर-जग्गा भएकै ठाउँमा आएर पनि माटो परिक्षण गरिदिन सक्छौं ।

डि. भी एक्सेलसले तपाईको माटोमा के तत्व धेरै छ के तत्व कमि छ भन्ने कुरा पत्ता लगाई, सुधार गर्ने तरिकाहरू सिकाउँछ, तपाईको माटोमा कुन कुन खेति गर्दा उत्पादन धेरै हुन्छ तेही अनुसार खेति र जातको सुझाब पनि दिन्छ ।

यसैगरि तपाईहरुको माटो परिक्षण पश्चात तपाईहरुको माटोमा चाहिने उचित मलको मात्राको जानकारी पनि दिन्छ । तपाईहरुले डि. भी एक्सेलस मार्फत रोगकिरा नियन्त्रण गर्ने उपायहरु पनि प्राप्त गर्न सक्नुहुन्छ। वातावरणलाई संरक्षण गर्न र मानव शरीरमा हुने असर न्यूनीकारण गर्न डि. भी एक्सेलसले प्रांगारिक मल र प्रांगारिक औषधीलाई मान्यता दिंदै आएको छ ।

तपाई हरु संग पनि कृषि समचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पाउनुहोला 🙏