ह्वात्तै बढ्यो कुखुराको मासुको मूल्य, कति पुग्यो ?

कृषि पो्ट संवाददाता

२० पुस, काठमाडौं ।

नेपाली बजारमा कुखुराको मासुको मुल्य बढ्न थालेको छ । कुखुराको दानाको मूल्य बढेपछि मासुको मूल्य पनि बढेको हो ।

कुखुराको दाना बनाउन चाहिने मकै, भटमास र फिड सप्लिमेन्टहरूको मूल्य बढेपछि दानाको मूल्य पनि बढेको छ ।

सोही कारणले कुखुराको मासुको मूल्य पनि बढेको हो । कुखुराको दानाको मूल्य किलोमा ६ रुपैयाँले बढेको नेपाल दाना उद्योग संघले जनाएको छ ।

अहिले नेपाली बजारमा दानाको मूल्य किलोको ८० देखि ८४ रुपैयासम्म पर्न गएको छ । कोरोनाका कारण कारण विश्व अर्थतन्त्रमा असर परेपछि कुखुरालाई खुवाउने औषधिको मूल्य पनि बढेको जनाइएको छ ।

अहिले बजारमा कुखुराको मासुको मूल्य बढेर प्रतिकिलो ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि कुखुराको मूल्य किलोको ३ सय ३० रुपैया रहेको थियो ।

एकसय ७० लिटर घरेलु मदिरा नष्ट

जिल्ला प्रहरी कार्यालयले यहाँका विभिन्न ठाउँमा अवैधरूपले उत्पादन गरिएका १७० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका–९ पाण्डुसैन घर भई हाल दिपायल–सिलगढी नगरपालिका–७ स्थित सडकखण्डमा अस्थायी टहरा बनाई बस्ने मानबहादुर थापाबाट ६०, लक्ष्मी गुरुङबाट ४५, अनिता बोगटीबाट ३० र वडा नं ६ बस्ने लक्ष्मी भण्डारीबाट ३५ लिटर गरी जम्मा १७० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरिएको हो ।

घरेलु मदिराकै कारण समाजमा हत्या, हिंसा, बलात्कारलगायत जघन्य आपराधिक घटना वृद्धि भएको, शान्तिसुरक्षामा असर पारेको र एकापसमा द्वन्द्व तथा तनाव सिर्जना भइ समुदायमै नकारात्मक असर पार्ने भएकाले प्रहरीले यो अभियान चलाएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो केही हप्ता यतादेखि जिल्ला प्रहरी कार्यालयको निर्देशनमा मातहतका प्रहरी चौकीले पनि घरेलु मदिरा नष्ट गर्ने अभियान सञ्चालन गर्दै आएका छन् ।

तपाई हरु संग पनि कृषि समचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पाउनुहोला 🙏