यसरी फलाउनुहोस् अति स्वास्थ्यवद्र्धक र पोषणयुक्त कालो मकै

कृषि पोष्ट संवाददाता

काठमाडौ ।

कालो मकै ‘ब्ल्याक कर्न’ मा हुने एन्टीएक्सियन, इन्टीइन्फ्लामेटोरीले शरीरमा जलन हुन दिँदैन । यसमा आइरन, म्याग्नेसियम, फोस्फोरस, भिटामिन ‘ए’, थियामिन, रिबोफ्लाविन, निआसिन, फोल्यात तथा स्वस्थकर तत्व पनि पाइन्छन् ।

यो मकैलाई एन्टीअक्सीडेंटको पावर हाउस मानिन्छ यसले विकृत कोणहरू नष्ट गर्न मद्दत गर्दछ ।

यसमा इन्टीइन्फ्लामेटोरी हुनुका कारण शरीरको कुनै पनि दुखाई कम गर्न मद्दत गर्ने विज्ञहरु बताउँछन् ।

यसमा अत्याधिक प्रोटिन हुन्छ । १०० ग्राम कालो मकैमा करिब ८ प्रतिशत प्रोटिनको मात्रा हुन्छ भने साधारण पहेँलोमा ५ प्रतिशत प्रोटिन पाइन्छ ।

‘ब्ल्याक कर्न’ कसरी खाने गरिन्छ ?
यो मकै अन्य मकै जस्तै उसिनेर, भुटेर, रोस्ट गरेर, ग्रिल गरेर खान सकिन्छ । कालो मकैसंग बटर, नुन र मरीच जस्ता मसलाको प्रयोग निकै राम्रो हुन्छ ।

यसलाई तरकारी झैँ तारेर रोटी वा ब्रेडसंग खान सकिन्छ । ब्ल्याक कर्न उसिनेर स्यालेड बनाई पनि खान सकिन्छ । ब्ल्याक कर्नलाई पिसेर झोल पदार्थ (जुस) को रुपमा पनि पिउन सकिन्छ ।

ब्ल्याक कोर्नको पल्प कुनै पनि जुस, साधारण पानी सँग पिउन सकिन्छ । कुनै पनि कक्टेल वा मोक्टेलसँग ब्ल्याक कर्न सुहाउँदो मिश्रण हुन सक्छ ।

यसलाई मिल वा जाँतोमा पिसेर च्याँख्ला बनाएर पनि खान सकिन्छ । पिठो, रोटी वा ढिँडो जस्ता परिकार बनाएर पनि प्रयोग गर्न सकिन्छ । आवश्यकता अनुशार पछि प्रयोग गर्ने गरी यो मकैलाई फ्रिजमा पनि राख्न सकिन्छ ।

र, यस बाट बनाइएका उत्पादन पनि न्यूनतम तापक्रममा सजिलै संरक्षण गर्न सकिन्छ । यो मकै फ्रिजरमा भण्डारण गर्दा खोया सहित स्टोर गर्दा राम्रो हुन्छ । खोयाबाट छोडाएर भण्डारण गर्नु उपयुक्त हुँदैन ।

‘अरु मकै फल्ने ठाउँमा फल्छ’
नेपालमा मकै लगाउने ठाउँ यो मकै लगाउँदा मज्जाले फल्छ । २ मिटर हाइटसम्म अग्लो हुने यो मकैको बोटमा २ वटासम्म घोगा लाग्छ । यसको मकै २३ सेन्टिमटरसम्मको हुन्छ । यो मकै स्विट कर्न जस्तै गुलियो हुन्छ । तर, यसमा छिटो घुन लाग्ने पनि गर्छ ।

‘व्यवसायिक रुपमा पनि यो राम्रो हुन्छ, सलाद, जुस, वाइन बनाएर यसलाई सजिलै रेष्टुरेन्टहरुमा प्रयोग गर्न सकिन्छ तर, थोरै उत्पादनले बजारीकरण हुन सम्भव छैन ।

नेपालमा ‘ब्ल्याक कोर्न’ को सम्भावना

दक्षिण अमेरिकी राष्ट्रहरूमा ‘ब्ल्याक कर्न’को व्यावसायी खेती हुने गरेको छ । उच्च तापक्रममा गहिरो बलौटे माटोमा ‘ब्ल्याक कर्न’ राम्रोसँग फल्छ । खडेरीको समयमा पनि ‘ब्ल्याक कर्न’को बिरुवा हुर्कने क्षमता राख्दछ । ‘ब्ल्याक कर्न’ गर्मी र जाडो दुवै मौसममा उत्पादन गर्न सकिन्छ ।

नेपालमा पनि व्यावसायिक रूपमा ‘ब्ल्याक कर्न’ को खेती गर्ने अध्ययन तथा तयारी भइरहेको छ । नार्कको राईस रिसर्च युनिट लगायत केही कृषिका निजी अनुसन्धान केन्द्रहरूले पनि ‘ब्ल्याक कर्न’ मा काम गर्न सुरु गरेका छन् । नेपालका संस्थाहरूले चीनबाट बिउ मगाएर काम गर्ने तयारीमा अघि बढिरहेका छन् ।

तत्काल समस्या के देखिन्छ भने अन्य मकै भन्दा अलि छुट्टै राखेर ‘ब्ल्याक कोर्न’ को खेती गर्ने कि अरू मकै सँगै हुर्काउँदै लैजाँदा पनि उत्पादकत्वमा फरक पर्दैन भन्ने विषयमा अनुसन्धान पूरा भएपछि सम्भवतः ‘ब्ल्याक कर्न’ नेपाली बजारमा छिट्टै फस्टाउनेछ ।

ब्लाककर्न तैलिय चम्किलो कालो रंगको हुन्छ । यसको भित्री भागमा बैजनी रंगका ‘नानी’ पनि रहेका हुन्छन् । कालो मकैका सानो अग्लो डाँठ भएका बोटमा घोगा लागेका हुन्छन् । कालो मकैका बोटहरु करिब ३ मिटरको उचाइसम्म बढेका हुन्छन् । घोगोको लम्बाइ २० सेन्टिमिटरसम्म हुन्छ भने समग्रमा मध्यम आकारको प्रजाति मानिन्छ ।

कलिलो अवस्थामा कालो मकैको रंग सेतो हुने गर्दछ । बढ्दै जाँदा यसले क्रमशःगाढा कालो रंग धारण गर्दछ । मानिसको औंलाको रंगले जस्तै कालो मकैले पनि यसको बाहिरी वृद्धिकै अनुपातमा रंग परिवर्तन गर्दछ । कालो मकै स्वादिलो र माँडीलो पनि हुन्छ । यसमा मकैको प्राकृतिक गुलीयो स्वाद पनि रहेको छ । तर पहेँलो जातको मकै भन्दा बढी स्वादीलो हुने यसका प्रयोगकर्ताले बताउने गरेका छन् ।

कालो मकै गर्मी मौसम भएको स्थानका लागि उपयुक्त मानिन्छ । पहेँलो मकै प्रजाति परिवारको सदस्य नै रहेको कालो मकैलाई बाली विज्ञानले (जिआ) प्रजातिको मकै समुहमा सदियौं देखिखेती प्रणालीमा समेटिएको दाबी गर्दछ । तर प्रणालीगत कृषिमा भने यसले निश्चित भूभाग र क्षेत्र मात्र ओगटेको देखिएको छ ।

विभिन्न स्थानमा यसलाई फरक फरक नामले चिनिन्छ । पेरुमा यसलाई ‘मेइज मोराडो’ भनिन्छ भने संयुक्त राज्य अमेरिका तथा संयुक्त अधिराज्य बेलायतमा यसलाई ‘ब्लाक एज्टेक’वा‘ब्लाक मेक्सिकन मेज’ भनिने गरिएको छ ।

दक्षिण अमेरिका बाहेकका स्थानमा कालो मकै बजारमा सहजै उपलब्ध भएको पाइँदैन । तर स्थानीय साना बजारहरुमा साना किसानले बिक्रीवितरण गर्ने गरेको पाइन्छ । वास्तवमा कालो मकै, यसको रंग र फरक स्वादका कारण लोकप्रिय बनेको छ ।

तपाई हरु संग पनि कृषि समचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पाउनुहोला 🙏