यस्तो छ आजको तरकारीको भाउ

कृषि पोष्ट संवाददाता

२७ जेठ, काठमाडौं ।

लीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारको फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार बिहीबारको तुलनामा शुक्रबार कुनैमा वृद्धि भएको छ भने कुनैमा मूल्य स्थिर छ । समितिले दिएको जानकारीअनुसार हरियो अंगुर २२५ रुपैयाँ, अदुवा ६५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, दसहरी आँप ११० रुपैयाँ, गोलभेंडा सानो(टनेल) ४५ रुपैयाँ, रातो आलु ४२ रुपैयाँ, मुडेको आलु ३८ रुपैयाँ, सेतो आलु ३२.५० रुपैयाँ, स्थानीय काउली ९५ रुपैयाँ छ ।

ठूलो गोलभेँडाको प्रतिकेजी ७० रुपैया रहेको छ । सानो लोकल गोलभेँडाको ४० रुपैयाँ प्रतिकेजी रहेको छ । यस्तैगरी टनेलको गोलभेँडा भने ५० रुपैयाँ रहेको छ ।

कालीमाटी फलफूल र तरकारी बजार विकास समितिले तोकेको बजार भाउ अनुसार हरियो फर्सी २०, भिण्डी २०, तितेकरेला २० रुपैयाँ प्रतिकेजी रहेको छ । अझै चिचिण्डो भने १५ रुपैयाँ प्रतिकेजीमै पाइन्छ । तर, रातो आलु ४० रुपैयाँ, भारतीय चाही ३८ रुपैयाँ, मुडेको ३५ रुपैयाँ रहेको छ । यो समितिले तोकेको न्युनतम मूल्यसूचि अनुसार हो ।

अधिकतम मूल्य र खुद्रा बजारमा किन्नुपर्दा केही फरक पर्न आउनेछ । यस्तैगरी स्थानिय काउली ८० रुपैयाँप्रतिकेजी, ज्यापू काउली पनि ८० रुपैयाँ नै रहेको छ ।

सेतो मुला ४० रुपैयाँ केजी रहेको छ भने तने बोडी ३० रुपैयाँ केजी रहेको छ । भटमास ६० रुपैयाँ केजी, लौका ४० रुपैयाँ, परवर ४० रुपैयाँ, चिचिण्डो १५, घिरौला ३०, तोरीको साग ३० रुपैयाँ रहेको छ ।
यस्तैगरी डल्ले च्याउ ४०० रुपैयाँ केजी, कन्य च्याउ १८० रुपैयाँ र चुकुन्दर ७० रुपैयाँ रहेको छ । गुन्द्रक केजीको २५०, कागती ३५०, रुपैयाँ रहेको छ ।

तपाई हरु संग पनि कृषि समचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पाउनुहोला 🙏