खाने तेलको मूल्य यति धेरै घट्यो?

कृषि पोष्ट संवाददाता

२५ असार, काठमाडौं ।

बितेको एक महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा निरन्तर गिरावट देखिएको छ । एक महिनाको तथ्यांक हेर्दा नेपालले खरिद गर्ने ब्रेन्ट कच्चा तेलको मूल्य २२ डलर हाराहारीले ओरालो लागेको ट्रेन्डिङ इकोनोमीले लेखेको छ । एक साता अवधिमा मात्रै तेलको मूल्य प्रतिब्यारेल १२ डलरले ओरालो लागेको छ ।

यो समाचार तयार पार्दासम्म एक महिना अवधिमा १२४.९ डलरबाट १०२ डलरमा झरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले गरेको आकलनअनुसार डलरको मूल्यमा भएको वृद्धिका कारण तेलको मूल्य अवमूल्यन भएको हो ।

रुस–युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्दा संसारभर नै मूल्यवृद्धि बढेको बेला ओरालो लागेको कच्चा तेलकोरुस–युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्दा संसारभर नै मूल्यवृद्धि बढेको बेला ओरालो लागेको कच्चा तेलको मूल्यले साना अर्थतन्त्र भएका मुलुकहरुलाई प्राण मिल्ने अपेक्षा गरिएको छ ।पेट्रोलियम पदार्थको बढेको मूल्यका कारण टाट पल्टिएको भन्दै नेपालमा इन्धन बिक्रीको एकाधिकार पाएको नेपाल आयल निगमले उपभोक्ता मूल्य बढाइरहेको छ ।

तर, अन्तर्राष्ट्रिय बजारमा घट्न थालेको कच्चा तेलको मूल्यले अहिले केही सकारात्मक आशा पलाइको भन्दै निगमले पछिल्लो मूल्यहरुले निगमको घाटामा सुधार हुने र मूल्य आरोलो टिकाउ भने त्यसको राहत उपभोक्ताले पनि पाउने जनाएको छ ।निगमका प्रवक्ता विनितमणि उपाध्यायकाअनुसार पछिल्लो एक सातामा घटेको कच्चा तेलको मूल्यले प्रशोधित पेट्रोलको परल मूल्यमा १० र डिजेलमा १५ रुपैयाँ मूल्य घट्ने देखिएको छ । यदि यस्तो गिरावट १५ दिनसम्म निरन्तर रहे निगमले खरिद गर्ने प्रशोधित तेलको परल कम हुने तर ५ दिन घटेर अरु दिन बढ्यो भने त्यसबाट लाभ नहुने उपाध्याय बताउँछन् ।

तपाई हरु संग पनि कृषि समचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पाउनुहोला 🙏