खेतबारीमा लाग्ने किराहरू नियन्त्रण गर्ने घरेलु उपायहरू

कृषि पोष्ट संवाददाता

काठमाडौं ।

नेपाल परम्परागत खेती किसानीबाट बिस्तारै ब्यबसायीक र आधुनिक तर्फ उन्मुख हुने क्रममा छ । यसो हुदै गर्दा खेतबारीमा रोग र किरा नियन्त्रणमा रसायनिक बिषादीको प्रयोग मात्रा पनि वृद्धि हुदै गएको छ । उचित मात्रा नमिलाई जति रसायनिक बिषादी हाल्यो त्यति उत्पादन राम्रो हुने कृषकहरुमा भ्रम छ ।

रसायनिक बिषादीबाट तत्काल केही फाईदा भएपनि दिर्घकालिन रुपमा यसको बेफाईदा र असर धेरै छन्।रसायनिक किटनाशक बिषादीले लाभदायिक किरा जस्तै स्त्री स्वभाबको खपटे, बाधे खपटे, नमस्ते किरा, माहुरी, बारूलो साथै अन्य प्राकृतिक रक्षकहरू पनि मर्ने भएकोले परागसेचनमा आधात पर्नुको साथै हानिकारक किराको प्रकोप झनै बढ्छ । यस्ता बिषादीहरूले हावापानी, खाध्यान्न, पशुपक्षी र मानवलाई नै बिषको असर पार्दछ ।खेतबारीमा किरा मार्न प्रयोग गरिएको रसायनिक बिषादीले कृषक र प्रयोगकर्ता दुवैको स्नायुप्रणाली, स्वासप्रस्वास र छाला सम्बन्धी रोग निम्त्याउछ। त्यसैले हामीले रसायनिक बिषादी बिनानै घरेलु उपायबाट बाली किरा नियन्त्रण गर्न सक्छौ ।

केही खेतबारीमा लाग्ने किराहरू नियन्त्रण गर्ने घरेलु बिधीहरू निम्न छन्

१) मसला बिधी – लसुन ३(४ चोटि, सयपत्री फुलको पात २ मुठी प्याज ३(४ दाना पिरो खुर्सानी ३(४ वटा १ लिपर पानीमा १५ मिनेटसम्म उमालेर चिसो भएपछि पातलो कपडामा राखेर निचोरेर छान्ने । त्यसपछि सो झोल त्यति नै मात्रामा मिसाई बालीमा छर्कनाले पतेरो, लाहि जस्ता चुसेर खाने किराको नियन्त्रण गर्न सकिन्छ ।

२) तिरिमिरी बिधी – अधिकांस किरालाई पहेलो रङ्ग मन पर्ने र रातो रङ्ग मन नपर्ने हुन्छ । जसले गर्दा पहेलो फुल खेल्ने बालीको वरिपरि रातो वा गाढा हरियो फुल फुल्ने बाली लगाउने वा फराकिलो रुपमा रातो कपडाले खेतबारी छेक्नाले लाहि किरा नियन्त्रण गर्न सकिन्छ ।

३) गन्ध आउने बनस्पती लगाउने – हामीले गर्ने तरकारी खेती वरिपरि गोदावरी, सयपत्री, लसुन, पतेना जस्ता बाली लगाउदा यसको नराम्रो गन्धले तरकारी खेतीबारीमा किरा नआई राम्रो उत्पादन लिन सकिन्छ ।

४) लुगा धुने सोडा – स्याऊ, नासपाती,आरूवखडा तथा अमिलो जातका फलफुल बिरुवामा प्रशस्त झ्याऊ लाग्छ यसको लागि १ लिटर पानीमा २ ग्राम लुगा धुने सोडा मिसाएर राम्ररी झ्याऊ (ीष्अजmभगक) लागेको ठाउँमा छर्कने

५) बेसारको झोल – करेसाबारीमा किराले दुख दिन थालेको छ भने सुतीको कपडा वा धागो बेसारको झोलमा डुबाएर ड्याङ वरिपरि घेरेमा वाहिरबाट आउने किराहरू गन्ध मन नपराई भागेर जान्छन् । यसरी घरेलु उपाय अपनाएर रोग र किरा नियन्त्रण गर्न सकियो भने लागतको बचत हुनु साथै स्वस्थ्य जीवन जिउन सकिन्छ ।

लेखक शिशिर सिंह बोहरा
कृषि स्नातक अध्ययनरत
लमजुङ कृषि क्याम्पस
सुन्दरबजार(०७,लमजुङ

तपाई हरु संग पनि कृषि समचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पाउनुहोला 🙏