एक्कासी ह्वात्तै घट्यो खसी-बोका को मासुको मूल्य : अब प्रतिकेजी कति ?

कृषि पोष्ट संवाददाता

११ साउन, काठमाडौं ।

दाङमा चाडवाड लक्षित गरि खसीबोकको मूल्य निर्धारण गरिएको हो । मूल्य निर्धारण समितिले यस वर्ष विभिन्न.तौलका खसीबोकाहरुको छुट्टाछुट्टै मूल्य निर्धारण गरेको जनाएको छ ।

समितिले यस वर्ष २५ किलोभन्दा बढीको ज्यूँदो खसीको मूल्य प्रतिकेजी ५६५ रुपैयाँ , २० केजीदेखि २४ केजीसम्मको खसीकोतौलका खसीबोकाहरुको छुट्टाछुट्टै मूल्य निर्धारण गरेको जनाएको छ। समितिले यस वर्ष २५ किलोभन्दा बढीको ज्यूँदो खसीको मूल्य प्रतिकेजी ५६५ रुपैयाँ , २० केजीदेखि २४ केजीसम्मको खसीकोमूल्य प्रतिकेजी ५५० रुपैयाँ तोकिएको छ ।

यस्तै, १८ केजी भन्दा बढी ज्यूदो बोकाको मूल्य प्रतिकेजी ५४५ रुपैयाँ निर्धारण भएको हो ।समितिले गत वर्षको तुलनमा यस वर्ष खसीको मूल्य प्रतिकेजी १५ रुपैयाँ र बोकाको मूल्यमा ४५ रुपैयाँले वृद्धि गरेको हो ।

विषालु च्याउ खाँदा पाँचजना बिरामी
विषालु च्याउ खाँदा मङ्गलबार बैतडीमा पाँचजना बिरामी परेका छन् । मेलौली नगरपालिका–५ खलीगाडमा एकै घरका उनीहरु बिरामी परेका हुन् ।

बिरामी पर्नेमहा स्थानीय १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, आठ वर्षीया सोनिया जोशी र चार वर्षीया दिव्या जोशी छन् । उनीहरुको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको निमित्त प्रमुख जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिनुभयो ।

च्याउ खाएर बिरामी भएपछि उनीहरूलाई तत्काल स्वास्थ्य केन्द्रमा भर्ना गरिएको हो । मङ्गलबार बिहान जङ्गलबाट टिपेर ल्याएको च्याउ उनीहरु सबैले खाएका थिए । च्याउ खाएको केहीबेरपछि उनीहरुले बान्ता गर्न थालेपछि स्वास्थ्य केन्द्र लगिएको थियो ।

तपाई हरु संग पनि कृषि समचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पाउनुहोला 🙏