कृषि अनुदान

किसानलाई गोबर खरिदमा अनुदान

८ फाल्गुन, काठमाडौं । जिल्लाको रत्ननगर नगरपालिकाले किसानलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान दिएको छ । प्राङ्गारिक खेतीप्रति किसानलाई जागरुक बढाउन नगरपालिकाले अनुदान दिन सुरु गरेको हो । मलमा अनुदान दिन नगरपालिकाले रु ५० लाख विनियोजन गरेको छ । नगर क्षेत्रमा एक टेलर...

५१ वटा पशुपंक्षी फार्मलाई रु.५८ लाख पचास हजार अनुदान

३ फाल्गुन, म्याग्दी । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले चालु आर्थिक वर्ष २०७८/७९ मा तीन वटा कार्यक्रम मार्फत ५१ वटा पशुपंक्षी फार्मलाई अनुदान उपलब्ध गराउने भएको छ । साना पशुपंक्षी तथा मत्स्य व्यवसाय फार्म विस्तार तथा स्थापना गर्न ४०, नयाँ मत्स्य...

पशुपालक कृषकलाई डेढ करोड अनुदान ?

२६ माघ, काठमाडौं । बागलुङका पशुपालक किसानहरुले यो आर्थिक वर्षमा झन्डै डेढ करोड अनुदान पाएका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले गण्डकी प्रदेश सरकारको रु एक करोड सात लाख ५० हजार र सङ्घीय सरकारको रु ५० लाख बजेट गरी जम्मा...

दूधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान

२२ माघ, सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाले किसानलाई कृषिमा आत्मनिर्भर बनाउन दूधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान दिने भएको छ । उत्पादित दूध सहकारीमार्फत बिक्री गर्ने किसानलाई गाउँपालिकाले अनुदान दिने भएको हो । “गाउँपालिकाको १०औँ अधिवेशनले पालिकाको कृषिउपज सङ्कलन, प्रशोधन, बिक्री केन्द्र सञ्चालन र व्यवस्थापनका साथै...

वास्तविक किसानलाई अनुदान नदिएर सधै कागजी प्रक्रियामा मात्रै अनुदान वितरण कहिलेसम्म ?

२० मंसिर, बुटवल । साना किसानलाई उकास्ने र व्यावसायिक कृषि बढाउने उद्देश्यले लुम्बिनी सरकारले २०७६ मा किसानका लागि सुलभ कर्जा कार्यक्रम ल्यायो । कृषि विकास बैंकमार्फत किसानलाई ब्याजमा १० प्रतिशतसम्म अनुदान दिने कार्यविधि बनायो । सरकार र बैंकबीच समन्वय नहुँदा कार्यक्रम ल्याएको दुई वर्ष पुग्दासम्म एक जना...

कृषि तथा पशु बीमामा ८० प्रतिशत अनुदान कहाँ बाट लिने ?

१९ मंसिर, काठमाडौं । कृषि तथा पशु बीमामा ८० प्रतिशत अनुदान पाइने भएको छ । निवर्तमान सरकारले ७५ प्रतिशत अनुदान कटाएर ५० प्रतिशतमा झारेकोमा वर्तमान सरकारले यसको दायरा अझै बढाएर ८० प्रतिशत अनुदानको व्यवस्था गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले कृषि बाली तथा पशु...

उत्पादनका आधारमा दुग्ध किसानलाई अनुदान !

काठमाडौं, २६ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा दुग्ध उत्पादनका आधारमा किसानलाई अनुदान रकम प्रदान गरेको छ । नगरपालिकाले दुग्ध सहकारीमार्फत किसानलाई प्रतिलिटर एक रुपैयाँका दरले अनुदान उपलब्ध गराएको हो । उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरुप यो वर्ष रु ४६ लाख छ हजार...

मल अनुदानमा वृद्धि

काठमाडौं, ११ असोज । सरकारले चालू आवमा पाँच लाख १८ हजार मेट्रिकटन रासायनिक मल आयात गर्ने भएको छ । गत वर्षको तुलनामा करिब एक लाख भन्दा बढी मल आयात गर्न लागिएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । मलखाद व्यवसायी सङ्घ नेपालको पाँचांै साधरणसभा...

कृषक प्रोत्साहन अनुदान कार्यक्रम सुरु

काठमाडौं, ६ असोज । मकवानपुरगढी गाउँपालिकाले कृषि विकास कार्यक्रम अन्तर्गत तरकारी तथा फलफूल बजारीकरण गर्न ‘ कृषक प्रोत्साहन अनुदान कार्यक्रम’ सुरुआत गरेको छ । गाउँपालिकाले गाँफपालिकास्थित सहकारीमार्फत बजारीकरणको सुरु गरेको हो । गाउँपालिका अध्यक्ष विदुर हुँमागाईंले किसानबाट सङ्कलित गोलभेँडा खरिद गरी सो कार्यको शुभारम्भ...

१० भन्दा बढी भैँसी पाल्ने ५० किसानलाई भैँसी खरीदमा ५० प्रतिशत अनुदान

काठमाडौं । पोखरा महानगरपालिकाले किसानलाई भैँसी खरीद गर्न अनुदान दिएको छ । दूधमा महानगरलाई आत्मनिर्भर बनाउँदै किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यसहित महानगरको भैँसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत आइतबार १० भन्दा बढी भैँसी पाल्ने ५० किसानलाई अनुदान रकम हस्तान्तरण गरिएको हो । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद...