मुख्य समाचार

बंगुर व्यवसायीको पीडा : नगरपालिकाको निर्णयले १७ करोड लगानी डुब्ने भयो

२०७८ कार्तिक २१ गते १०:२८

भक्तपुर, २१ कात्तिक । फाँटमा आँखैले नभ्याउने जस्ताको टहरा, टहराभित्र राखिएका छन् बंगुरहरू । त्यही टहरा (बंगुरको खोर)भित्र बंगुरका पाठा नाच्दै छन् त कुनैमा माउ बंगुर आफ्ना पाठालाई सुम्सुम्याउँदै । कसैले केही खानेकुरा दिन्छन् कि भनेर हेरिरहेका बंगुर । यो दृश्यलाई नजिकैबाट नियाल्दै छन्,...

कृषिमन्त्रीको सम्पत्ति- पुर्ख्यौली घरजग्गा, सहकारीमा १० हजार नगद जम्मा ?

२०७८ कार्तिक १६ गते २३:१६

काठमाडौं, १६ कात्तिक । गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सरकारी पदमा नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्ने व्यवस्था भएपनि उनले मन्त्री बनेको पाँच महिनामा सम्पत्ति विवरण सार्वजनिक गरेका...

छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण र रेबिजविरुद्धको भ्याक्सिन

२०७८ कार्तिक १६ गते ११:१५

ओखलढुंगा, १५ कात्तिक । सिद्धिचरण नगरपालिकाले छाडा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण थालेको छ । छाडा कुकुरले खसी बाख्रा खाने र मान्छे टोक्न थालेपछि नगरपालिकाले नियन्त्रणका लागि बन्ध्याकरण सुरु गरेको हो । पशु अधिकारका दृष्टिले मार्न नहुने भएपछि भाले तथा पोथी दुवै खाले छाडा कुकुरको...

विषादीरिहत तरकारी खेतीका लागि सीप सिक्दै किसान

२०७८ कार्तिक १६ गते ११:०९

नुवाकोट, १६ कात्तिक । हामीले तरकारी खेती त गर्दै आएका थियौँ तर किराले बाली भुसुक्कै पाथ्र्याे । किरा थाम्ने उपाय बल्ल थाहा पाइयो”, प्राङ्गारिक खेती र खानायोग्य उत्पादनबारे दुईदिने तालिम लिएपछि बेलकोटगढी नगरपालिका–११ का जयनारायण मुडभरीले भन्नुभयो, “अब पहिलाभन्दा बढी उत्पादन गर्न सकिन्छ भन्ने...

कुकुरले टोकेर बिरामी परेको भैसीको मासु खाँदा १४० जना बिरामी, गाउँ नै आ’तंकि’त

२०७८ कार्तिक १४ गते ११:४६

यमलाल भुसाल/बुटवल, १४ कात्तिक। रूपन्देहीको सैनामैनामा बिरामी परेको भैंसीको मासु खाँदा गाउँ नै आ’तंकि’त भएको छ । नगरको वडा नं. ७ देउवापारस्थित स्मृति टोलमा कुकुरले टो’के’र बिरामी परेको भैंसी का’टे’र मासु खाँदा गाउँ नै आ’तंकि’त भएको हो । गत असोज १९ गते घटस्थापनाका दिन...

भैसी विज्ञ सम्मेलनको पाँचबुँदे घोषणापत्र, भैसी विकास वोर्ड गठन गर्न माग।

२०७८ कार्तिक १४ गते १०:४०

काठमाडौं, १४ कात्तिक । नेपालमै पहिलोपटक आयोजित १० औं एसियाली भैसी विज्ञ सम्मेलन पाँचबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । नेपालमा भैसी विकास समाज स्थापना गरिनुपर्ने, भैसी विकास बोर्ड गठन गरिनुपर्ने र भैसी अनुसन्धान प्रतिष्ठान स्थापना गरिनुपर्ने घोषणापत्रको महत्वपूर्ण एजेन्डा रहेको छ ।...

घर बाढीले बगाएपछि ओढारमा बास, कसैले दिएनन् त्रिपालसमेत

२०७८ कार्तिक १३ गते १२:१९

बैतडी १३ कात्तिक । बैतडीको सिगास गाउँपालिका-५ ढुंगाडमा गत ३१ असोसदेखि २ कात्तिकसम्म भएको अविरल वर्षाले ११० घरपरिवार प्रभावित भए । गाउँमा सेती नदीको बाढी पसेपछि तीन दिनसम्म टापुमा थुनिएका स्थानियवासी अहिले पनि निकै समस्यामा छन् । बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा र...

डडेल्धुरामा अवैध काठ तस्करी, गाउँपालिका बेखबर

२०७८ कार्तिक १३ गते १२:१८

डडेल्धुरा, १३ कात्तिक । डडेल्धुराको अजयमेरू गाउँपालिकामा अवैध काठ तस्करी भइरहेको छ। गाउँपालिका-२ स्थित वेताल सामुदायक वनमा व्यापक वन फँडानी गरेर अवैध काठ तस्करी भइरहेको हो। दाउरा काट्न र काठ चिर्न बन्देज गरे पनि दोगाड चोर चोर्लेक सडक निर्माण भइरहेको मौका पारी वन पैदावार...

धानमा क्षति बेहोरेका किसानलाई सरकारले ६५ प्रतिशतसम्म राहत दिने

२०७८ कार्तिक ११ गते १८:४५

काठमाडौं, ११ कात्तिक । सरकारले वर्षाका कारण धानबालीमा क्षति बेहोरेका किसानलाई अधिकतम ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले तोकिएको क्षेत्रफलका आधारमा साना, मध्यम र ठूला किसान वर्गीकरण गरी २० देखि ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको हो ।...

व्यावसायिक फूल खेतीतर्फ किसानको आकर्षण बढ्दो

२०७८ कार्तिक १० गते १८:०२

देउखुरी, १० कात्तिक । घर आँगनमा सयपत्री र मखमली फुल्दा तिहारको झल्को आउने गर्छ । यस्तै झल्को दिएको छ, दाङमा ढकमक्क फूलेका फूलले । रोल्पा सुन छहरी गाउँपालिका–७ मा जन्मिनुभएका लोकेन्द्र रोकामगर एक दशकअघि रोजगारीको सिलसिलामा कतार पुग्नुभएको थियो । स्वदेश फर्किएपछि उहाँलाई केही...