दैनिक केरा खाएमा वैँशमै बुढ्यौलीका लक्षण देखिने समस्या कम हुनेः अध्ययन

कृषि पोष्ट संवाददाता

एजेन्सी ।

केरा विश्वको प्राय सबै ठाउँमा पाइने फल हो। केराको फल विभिन्न आकार र रंगहरूमा पाइन्छ। साधरणतया सुरूमा हरियो भएपनि पाकेपछि पहेंलो, वैजनी र रातो रंगको हुनेगर्दछ।

केराले मुटुसम्बन्धी समस्यादेखि मासिक धर्मको अनियमितता, कब्जियत, छाती पोल्ने समस्या र शरीरका अन्य स्वास्थ्यसँग सम्बन्धित समस्याको समाधानका लागि निकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

अमेरिकाको अलाबामा विश्वविद्यालयका शोधकर्ताहरुले गरेको एक अध्ययन अनुसार लगातार एक महिनासम्म केरा खानले मानिसमा दमको खतरा कैयौँ गुणा कम हुने गर्दछ ।

दिनमा एउटा केरा खाएमा पाचन क्रियामा सुधार देखि लिएर रक्तचाप सन्तुलन सम्मका फाइदा केराबाट प्राप्त गर्न सकिन्छ । विश्वभरका अनेकन अनुसन्धानरुले केरालाई सुपर हेल्दी फुड मानेका छन् ।केरा खानाले छालाको चमक बढ्नुका साथै वैँशमै बुढ्यौलीका लक्षण देखिने समस्या कम हुन्छ ।

केरा खानाले तत्कालै इनर्जी प्राप्त हुन्छ । केरामा पाइने क्यारोटिनोइड्सले सरीरमा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्दछ । त्यसैले नियमित केरा खानाले रुघाखोकी तथा अन्यखाले संक्रमण बाट जोगिन सकिन्छ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏