मासु खाँदा कोरोना सर्छ ? यस्तो छ डाक्टरको भनाई!

कृषि पोष्ट संवाददाता

काठमाडौ , १४ भदौ ।

अहिले बिश्व को*रोना भाइ*रसको महा*मारीसंग जुधिरहेको छ । कोभिड–१९ का कारण हुने मृत्यु लगातार बढ्दो क्रममा छ । विश्वभर को रोना निको भएर घर फर्किनेको संख्या पनि बढ्दो छ । अहिलेको अवस्थामा धेरै मानिसहरुमा विभिन्न जिज्ञासाहरु उब्जिरहेको पाइन्छ । माछा मासु खाने कि नखाने भन्ने विषय पनि अहिले बहस बनेको छ । माछा मासुबाट को रोना भाइ*रस सर्ने तर्कले गर्दा अहिले माछा मासुको सेवन कम भएको पाइएको छ ।

हालै कुखुराको मासुमा को*रोना भाइ*रस भेटिएको छ। कुखुराको पखेटामा को रोना भाइ*रस भेटिएको हो । केहि समय अगाडी पखेटा भण्डारण गरेर राखेको स्थानलाई डिसइन्फेक्सन तथा बेचिसकेकाको कन्ट्याक्ट ट्रेसिङ भइरहेको स्वास्थ्य अधिकारीहरूले बताएका थिए । ब्राजिलबाट चीनको शेन्जेन आयात गरिएको फ्रोजन मासुमा खाद्यवस्तुको स्क्रिनिङका क्रममा कुखुराको पखेटाको पनि नमुना लिइएको थियो। सीएनएनका अनुसार शेन्जेन प्रान्तको लंगाङ जिल्लामा लिइएको सो नमुनामा कोरोना भेटिएको हो। नगरपालिकाले पनि यसबारे जानकारी दिएको छ ।

हालसम्म कुनै पनि खाद्यवस्तुबाट को*रोना सरेको प्रमाण थिएन। विश्व स्वास्थ्य संगठनले खाद्यवस्तुबाट को*रोना सर्ने सम्भावना निकै कम रहेको बताएको छ। केहि समय अघि बीबीसीमा प्रकाशित एक लेखमा उल्लेख गरिए अनुसार , एपोलो अस्पतालका डाक्टर लक्ष्मण देसाईका अनुसार माछा मासु मात्र होइन तरकारीहरु समेत यदि राम्रोसँग पकाएन भने सुरक्षित छैन। डा. देसाईले भनेका छन्, “कोरो*नालाई जीवित रहन माध्यम चाहिन्छ र त्यो खाने कुरामा रहन सक्दैन ।

को*रोना संक्र*मित व्यक्तिले खोक्दा वा नजिकिंदा सर्ने गर्छ । तर माछा मासु किन्दा पन्जा लाउने र मास्क लाउनु जरुरी हुन्छ र मासुलाई कम्तिमा ३० मिनेट पकाउन पर्छ, जसले गर्दा मासुमा भएका किटाण मर्छन । मासुसँगै तरकारीहरु समेत राम्रोसँग पखाल्नेदेखि राम्रोसँग पकाएर खान समेत उल्लेख गरिएको छ । शेन्जेनका स्वास्थ्य अधिकारीले कुखुराको मासु आयातमा संलग्न सबैको स्वास्थ्य परीक्षण गरेको र उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको बताएको छ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏