उपत्यकामा ६० हजार खसीबोका ल्याइँदै, च्याङग्रा एकहजार मात्र ल्याइने

कृषि पोष्ट संवाददाता

काठमाडौं, ८ असोज ।

अघिल्लो वर्षहरुमा जस्तै यसवर्ष पनि काठमाडौं उपत्यकामा ६० हजार खसीबोका ल्याइने भएको छ ।

उपत्यकामा खपत हुने मासुको खपतको आँकलन गरी पशुसेवा विभाग र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका भित्राउने तयारी थालेको हो ।
अन्य वर्षसँग तुलना गरेर सरकारले दशैंमा काठमाडौं उपत्यकामा राँगा, बंगुर र कुखुरा बाहेकनै ५० देखि ६० हजार खसीबोका खपत हुने भएकाले सोही संख्यामा खसीबोका भित्राउने तयारी थालेको पशुसेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले जानकारी दिए ।

खाद्यले दुई हजार खसीबोका भित्र्याउने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुई हजार खसीबोका र एक हजार च्याङग्रा उपत्यकामा भित्र्याउने निर्णय गरेको छ । कम्पनीले दाङ र हेटौंडाबाट दुई हजार खसीबोका ल्याउने तयारी गरेको कम्पनीका नायव महादिर्नेशक श्रीमणी खनालले जानकारी दिए ।

एक हजार च्याङग्रा ल्याउन कम्पनीले पहल थाले पनि उपल्लो मुस्ताङमा च्याङग्रा उत्पादन कम भएको र चीनको नाका भएर ल्याउनु पर्ने भएकाले यस वर्ष सम्भव नभएको खनालले जनाकारी दिए ।

ल्याइएका खसीबोकालाई भने घटस्थापनाको दुई दिन अघि मात्र मूल्य कायम गरी बजार मूल्यभन्दा सहुलियत मूल्य तोकेर त्यसमा समेत प्रतिकिलोग्राम १० रुपियाँ छुट गरी बिक्री गर्ने कम्पनीले जनाएको छ ।

पशुसेवा विभागका प्रवक्ता ढकालका अनुसार खसीबोका ल्याउन नेपाल व्यावसायिक बाख्रा पालक महासंघ, चौपाया खरिद बिक्री सेवा संघ, बाख्रा पालन महिला सहकारी लगायतका संस्थासँग खसीबोका ल्याउने विषयमा छलफल भई रहेको बताए ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏