रौतहट प्रहरी द्वारा १७ थान गाई गोरु बरामद

कृषि पोष्ट संवाददाता

रौतहट २५ पुस।

तस्करले रौतहटबाट भारत तर्फ लैजाँदै गरेको १७ थान गाई गोरु प्रहरीले बरामद गरेको छ। जिल्ला सदरुकाम गौर नगरपालिका २ स्थित प्रहरी चौकी महादेवपट्टीबाट खटिएको  गस्तीटोलीले भारततर्फ लैजादै गरेको अबस्थामा १७ थान गाई गोरु बरामद गरेको हो।

तस्करहरु प्रहरीलाई देखेर फरार भएपछि उक्त स्थान बाट गाई १० वटा , गोरु १ वटा र बाछी ६ वटा गरी १७ थान बरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन।

कुल १ लाख ९६ हजार रुपैयाँ मूल्याङकन गरी बरामद गाई ,गोरु र बाछी आवश्यक कारवाहिको लागि जिल्ला भंसार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏