मृग मारेको आरोपमा बर्दियामा एक पक्राउ

कृषि पोष्ट संवाददाता

बर्दिया, २५ पुस ।

संरक्षित वन्यजन्तु मृग मारेको आरोपमा बर्दियामा एक जना पक्राउ परेका छन्।

 

पक्राउ पर्नेम गुलरिया नगरपालिका-१ छेदारपुरका ३२ वर्षीय दीपचन्द्र कोरी रहेका छन्। उनलाई बुधबार दिउँसो ३ बजे पक्राउ गरिएको बर्दिया प्रहरीले जनाएको छ।

 

उनको साथबाट मृगको बच्चाको टाउको, खुट्टा र मासुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 

पक्राउ परेका कोरीलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालयमा बुझाउने तयारी भइरहेको छ।
 

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏