ताजा समाचार

कीरा लागेर सुन्तला झर्न थालेपछि किसान चिन्तित

२०७८ कार्तिक ३० गते २०:३९

वालिङ, ३० कात्तिक । फल टिप्ने बेलामा औँसा कीराको प्रकोपले सुन्तला झर्न थालेपछि किसान चिन्तित भएका छन् । सुन्तलाको स्वाद र उत्पादनका दृष्टिले निकै राम्रो मानिएको स्याङ्जामा यस वर्ष औँसा कीराको प्रकोप देखिएपछि किसान चिन्तामा परेका हुन् । मेहेनत गरेर उत्पादन लिने बेलामा आइपुग्दा...

किसानलाई अनुदानमा गहुँ

२०७८ कार्तिक ३० गते ९:४२

काठमाडौं, ३० कात्तिक । कैलालीको जानकी गाउँपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ वितरण गर्न थालेको छ । गाउँपालिकाले गहुँको खेती गर्ने किसानलाई जग्गाको क्षेत्रफलका आधारमा ५० प्रतिशत र ७५ प्रतिशतमा अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गरिरहेको हो । गाउँपालिकाले किसानको उत्पादन बढाउनलाई गहुँको गुणस्तरीय...

पाँच लाखले यसरी पाउनेछन् सरकारबाट अनुदान

२०७८ कार्तिक २५ गते १२:५६

काठमाडौं, २५ कात्तिक । कोरोना भाइरसको महामारीको कहरमा परेका ठूला व्यवसायी तथा व्यापारीले मोटो रकम राहत पाउँदा टुलुटुलु हेर्न बाध्य नागरिकलाई पहिलोपटक सरकारले सानै भए पनि सहयोग गर्ने भएको छ । संविधानमा समाजवाद लेखिए पनि व्यवहारमा राज्यका तर्फबाट राहत पाउन नसकेका अति विपन्न वर्गलाई...

धान खरिद उदासिनता देखाएपछि किसान मर्कामा

२०७८ कार्तिक २४ गते १५:३२

भजनी, २४ कात्तिक । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डिपो कार्यालय टीकापुरले नयाँ धान खरिदमा उदासीनता देखाएपछि कैलालीका किसान मर्कामा परेका छन् । कार्यालयले हाल धान खरिद गर्ने कार्यमा उदासीनता देखाएपछि यहाँका किसान मर्कामा परेका हुन् । नेपाल सरकारले किसानले धानखेती सुरु गर्ने...

किसानलाई अनुदानमा आलुको बीउ

२०७८ कार्तिक २४ गते १३:२४

काठमाडौं, २४ कात्तिक । तनहुँको व्यास नगरपालिकाले कृषकलाई अनुदानमा आलुको बीउ वितरण गर्ने भएको छ । नगरपालिकालाई आलुमा आत्मनिर्भर गराउने ध्येयले बीउ वितरण गर्न लागिएको हो । कृषकको मागअनुसार आलुको बीउ तत्काल खरिद गरी ५० प्रतिशत अनुदानमा उपलब्ध गराउन सम्बन्धित शाखालाई निर्देशन दिने निर्णय...

नाकामै रोकियो १० हजार मेट्रिकटन युरिया मल

२०७८ कार्तिक २३ गते ९:२६

तातोपानी , २३ कात्तिक । उत्तरी नाका तातोपानीबाट नेपाल ल्याउन लागिएको १० हजार मेट्रिकटन (मेटन) युरिया मल नाकामै रोकिएको छ । हाल तरकारी बालीका लागि आवश्यक रासायनिक मलको अभाव टार्न र हिउँदेबाली गहुँका लागि समेत अभाव हुन नदिन उत्तरी नाकाबाट ल्याउन लागिएको युरिया मल...

पीडित किसानलाई नगरपालिकाको राहत

२०७८ कार्तिक २३ गते ९:११

काठमाडौं, २३ कात्तिक । चाँगुनारायण नगरपालिकाले धानको बोटमा भुसमात्र लागेर धान नफलेपछि पीडित किसानलाई राहत दिने भएको छ । सोमबार राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल, जिल्ला कार्यसमितिको आयोजना र नगरपालिकाको सहआयोजनामा भएको अन्तक्र्रिया कार्यक्रममा नगरप्रमुख सोमप्रसाद मिश्रले पीडित किसानलाई राहत प्रदान गरिने बताउनुभएको हो...

कोदोको माग गाउँमा भन्दा बजारमा

२०७८ कार्तिक २२ गते २३:०९

गलकोट, २२ कात्तिक । बागलुङमा सबै भन्दा बढी उत्पादन हुने अन्नबालीमा पर्दछ कोदो । यतिबेला किसानलाई कोदो थन्काउन भ्याइनभ्याइ भएको छ । पछिल्लो समय कोदोको महत्व बढ्दै गएको छ । आयातित चामलले कृषिमा झन्झटिलो बालीका रुपमा रहेको कोदो विस्तारै लोप हुने अवस्थामा पुगे पनि...

किबी खेतीप्रति किसान आकर्षण

२०७८ कार्तिक २२ गते २३:०७

काठमाडौं, २२ कात्तिक । जलजला गाउँपालिका–१ मलगाउँकी देउकुमारी तिलिजाले छ रोपनी पाखोबारीमा किबीखेती गरेको पाँच वर्ष भयो । कोदो, मकै र गहुँ बाली दुम्सीले नष्ट गर्न थालेपछि करिब १० वर्षसम्म बारीमा खेती भएको थिएन् । किबी लगाएपछि जङ्गली जनावरले पनि दुःख दिएका छैनन”, तिलिजाले...

किसानलाई अनुदानमा आलुको बीउ

२०७८ कार्तिक २१ गते १३:०२

काठमाडौं, २१ कात्तिक । रम्भा गाउँपालिकाले आलुखेतीलाई प्रवद्र्धन गर्न किसानलाई अनुदानमा बीउ उपलब्ध गराएको छ । गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार यसवर्ष ४५७ क्विन्टल बीउ ५० प्रतिशत अनुदानमा पाँचवटै वडाका आलु किसानलाई वितरण गरेको हो । आलु खेतीलाई व्यवसायीकरण गर्नका लागि किसानलाई उत्प्रेरित गर्न...